logo

युवा दिवस र नेपालमा युवा समस्या

पद्यमा रायमाझी उपाध्यक्ष, राइजिङ पट्टिपा युथ क्लब
पद्यमा रायमाझी उपाध्यक्ष, राइजिङ पट्टिपा युथ क्लब

साधारण भाषामा बुझ्दा १६ बर्षदेखी ४० बर्षसम्मकालाई नेपाल सरकारले लामो समयको बहश पछी युवा घोषणा गरेको हो । संयुक्त राष्ट्रसंघले १५ बर्षदेखी २४ बर्ष उमेर समुहका ब्यक्तिलाई युवाको परिभाषा दिएको छ । उमेरको आधारमा हेर्ने हो भने भिन्न भिन्न देशले आ–आफ्नो परीभाषामा युवाको उमेर छुट्ट्याएका छन् । संयुक्त राष्ट्रसंघको साधारण सभाले सन् १९९९ म हरेक बर्ष अगष्ट १२ लाई अन्तरास्ट्रिय युवा दिवस मनाउन गरेको निर्णयसंगै औपचारिक रूपमा सन् २००० देखी अगष्ट १२ का दिन अन्तरास्ट्रिय युवा दिवस मनाउन शुरु गरियतापनी नेपालले २००४ देखी मात्र शुरु गरेको हो ।

संयुक्त राष्ट्रसंघको यो बर्षको बिषय बस्तु रहेको छ पुन निर्माणमा युवाको सार्थक सहभागीता यसको मुख्य उद्देश्य युवाहरुलाई जती सक्दो समेटेर खुल्ला रुपमा काम गराउनु । प्रत्येक बर्ष एउटा एउटा बिषय बस्तु दिने गरेको छ राष्ट्रसंघले, कुरा आउछ कतिको प्रभावकारी भएको छ काम । प्रत्यक बर्षको उद्देश्यलाई समेटेर संसारमा भएका युवाहरुलाई समेटी अगाडि बढाउनु हो ।

नेपालको सन्दर्भमा कुरा गर्दा बढी भन्दा बढी मात्रामा युवाहरु सधै भर्र्याङ् भएको मात्र भान भएको छ । प्रत्येक बर्ष, महिना , दिनमा हजारौं युवा बेरोजगारीको चपेटामा पर्नु र बिदेशिनु परेको छ । यो भनेको देशको शक्ती बाहिरिनु हो । युवाका नाममा बिभिन्न छलफल , बहश कार्यहरु नभएका होइनन् भैरहन्छन् र हुनेपनी छन् तर ति कतिका प्रभावकारी छन् त हामी युवाहरुलाई भन्ने प्रश्न उठाउने कसले ? के बिभिन्न कार्यहरु जो युवा दिवसको दिनमा सरकारी , गैरसरकारी संघसंस्थाले गर्छन् र गर्दै आइरहेका छ्न् तिनिहरुमा युवाको सहभागीता हुनु नै काफी हो कि ?

जहाँसम्म युवाको परीभाषा बुझिन्छ, युवाको महत्व बुझिन्छ भने सर्व प्रथम त हजारौको लस्कर जो खाडी मुलुकमा दुःखका पसिना बगाउन दिन दिनै अन्तरास्ट्रिय एयरपोर्टमा लाइन बस्दै गधा जस्तो जोतिन जान तयार छन् । यसको समस्याको हल कहिले गर्ने ? कसले गर्ने ? यस्ता कुराको बारेमा बिभिन्न चालखेल हुने कसले बुझ्ने  उत्तर आउछ जसमा जोश छ उमेर छ जागर छ ति को हुन्न भन्दा युवा हो ।

जबसम्म युवाहरु एकजुट भएर समस्याका कुरालाई अगाडि ल्याउदैनन् तबसम्म यस्ता कुरा परम्परागत नै हुन्छन यहाँ युवाको कुरा भएको छ युवाको महत्व बुझ्न र बुझाउन खोजिएको छ तर देश हाँक्न बसेकाहरुलाई कुर्सिको मोह यति छ सम्पूर्ण कपाल फुलेर सेत्तै र दात झरेर नक्कलीको सहायता लिदासम्म पनि ममा यो त्यो गर्न सक्ने हिम्मत छ ।

जोश जागर छ । युवा शक्तिको सहायता भए मेरो पार्टीले यो गर्छ त्यो गर्छ भनी आफ्ना दलको प्रचार गिरीमा अल्मल्याउने बेरोजगारीको फाईदा उठाउने ,क्रान्ति र परिवर्तनका नाममा सधैं भर्र्याङ बनाउने काम मात्र देखिन्छ । तर आफु कत्तिको सिढी भएको छु किन क्रान्ति र परिवर्तनका नाममा नाराबाजी गर्दै हिंडेको भन्ने यथार्थ नबुझी युवा आँफै परिचालित छन् यहाँ निती निर्माण र सत्ताका कुरा हुन्छन तर त्यहा युवा परिचालन त परै जाओस् सुझावमा पनि सहभागीता कहिल्यै गराइनन् ।

युवाका नाममा प्रत्येक बर्ष भित्रने प्रभावकारी कार्यहरु, प्रभावकारी रुपमा उपयोग हुन सकेको छैन । यस्ता कुरा अब बैज्ञानीक र व्यबहारिक तवरबाट खोतल्नु जरुरी छ । एउटा युवा भएको नाताले सर्व प्रथम त सम्पूर्ण युवा बर्गलाई हेर्ने मेरो नजर समान हुन जरुरी छ । युवाको नाताले मेरो भूमिका भनेको समस्यालाई नै खोतल्नु र देशको शक्तिलाई सन्चय गर्न खोज्नु हो ।

एकले थुके थुक र सय थुके नदी भन्ने नेपाली उखानको अर्थलाई बुझी युवा बर्गलाई उजागर गर्नु , युवा बर्गलाई समेटी काम गर्नु मेरो भूमिका देख्दछु। देशले संबिधान खोजेको धेरै भयो । हरेक घर–घरमा, टोल टोलमा टोले गफ हुन्छन । यो यथार्थमा कहिले परिणत हुने काम अगाडि बढेर गर्ने कमै हुन्छन युवा । बर्ग अगाडि बढी अब बन्ने संबिधानमा युवामैत्री संबिधान छ कि छैन हुनुपर्छ कि पर्दैन भन्ने कुराको चासो दिनु सम्पूर्ण युव बर्गको अधिकार हो र चासो दिनुपर्छ भन्ने मेरो मन्यता।

म आफु एउटा युवा रोजगार ब्यक्ती भएपनी युवाको समुहमा बिभिन्न काम गर्ने मतमिलेका युवा समुहसँग मिली राइजिङ पट्टिपा युथ क्लब खोली हामी युवा बर्गले युवासँग सम्बन्धित बिभिन्न काम गर्दै आइरहेक छौ ।

Comments

Top