कारबम विस्फोटको जिम्मा आइएसले लियो

यमनः यमनको राजधानी साना सहरको सिया मस्जिदनजिकै भएको कार बम विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट (आइएस) ले समूहले लिएको छ । उक्त क्षेत्र विद्रोहीको नियन्त्रणमा रहेको थियो । सिया विद्रोहीहरुको आक्रमणमा परी केहि मानिसहरुको समेत मृतयु भएको थियो । विस्फोटमा बालबालिकासहित आठ व्यक्ति घाइते भएका थिए । केहि व्यत्तिहरुलाई विद्रोहीको नियन्त्रणमा समेत लिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

car यमनमा गत मार्चदेखि आइएससमूहसँग आवद्ध सुन्नी अतिवादीहरुले सिया विरुद्ध भीषण आक्रमण गर्दैआएका छन् । जिहादीहरूको एक वेभसाइटमा प्रकाशित विज्ञप्तिका अनुसार सिया हुथी विद्रोही विरुद्ध बदलाको भावनाले सो आक्रमण गरिएको बताइएको छ । गत सेप्टेम्बरको अन्त्यदेखि यमनको कयाँ क्षेत्र नियन्त्रणमा लिएका हुथी समूहका विद्रोहीहरुहमा राजधानी सानामा रातभर भएको झडपमा परी ११ लडाकूहरुको ज्यान गएको बताइएको छ ।

Comments

Top