अफगानिस्तानमा आठ तालिवान र एक सैनिक मारिए

काबुलः सोमबार बिहानबाट अफगान सेनाको सञ्जालले तालिवानविरुद्ध सुरु गरेको कारबाहीमा आठ तालिवान मारिएका छन । अफगान गृह मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारि गदै कारबाहीका क्रममा तालिवानका केही हतियार पनि कब्जा गरेको बताइएको हो ।

अफगानिस्तानबाट नेटो सैनिकले गत जनवरीको सुरुबाट अफगान युद्धमा सहभागी नहुने भनि बिदा लिएतापनि दिनहुँजसो त्यहाँको सेनाले कारबाही जारी राखेका छन् । सो कारबाहीका क्रममा दिनहँुजस्तै तालिवान मारिने गरेका छन् । अफगानिस्तानको उत्तरी भागमा पर्ने कुन्दुज, पूर्वी प्रान्त काबुल, पाक्टिका र नान्र्गाहार तालिवान विद्रोहीविरुद्ध गत २४ घन्टायता जारी राखेको कारबाही आठ आतङ्ककारी मारिएका जनाइएको छ । तालिवानको स्थानीय नेता साफि उल्लाहलगायत करिब १२ आतङ्ककारी घाइते हुनुका साथै अन्य तीन पक्राउ परेका मन्त्रायलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।Taliwani

सोही अवधीमा आतङ्ककारीको आक्रमणमा परी एक सैनिक सदस्यको पनि ज्यान गएको बताइएको छ । केही दिनयता भएको तालिवानवरुद्धको कारबाहीका क्रममा त्यहाँको प्रहरीलाई सफलता प्राप्त भइरहेको पनि अधिकारीहरूले जनाएका छन् । अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध सैनिक अफगान युद्ध सकिएको घोषणा गरी स्वदेश फर्किएका छन् । त्यसपछिको कारबाहीका क्रममा तालिवान कमजोर बन्दै गएको देखिएको छ ।

Comments

Top