सैनिक कारबाहीमा बीस तालिवानीको मृत्यु

taliwaniकाबुलः अफगानिस्तानका विभिन्न प्रान्तमा अफगान राष्ट्रिय आर्मीले जारी राखेको कारबाहीमा परी २० जना लडाकू मारिएका छन् । आर्मीले देशको विभिन्न प्रान्तमा गत २४ यता जारी कारबाहीमा तालिवानका एक स्थानीय नेतासहित २० तालिवान मारिएका हुन् । सोही अवधिभरि आतङ्ककारी समूहले गरेको गोली प्रहार र बारुदी सुरुङ्ग आक्रमणमा परी पाँच भन्दा बढी एएनएका सदस्यको ज्यान गएको जनाइएको छ । अफगानिस्तानमा हालैका दिनहरूमा हिंसात्मक क्रियाकलापका विरुद्धमा त्यहाँको सुरक्षा बलले कारबाही जारी राखेका छन् । पछिल्लो समयमा अफगानिस्तानबाट नेटो सैनिक स्वदेश फर्किएपछि बाँकी रहेका नेटो सैनिकले पनि गत जनवरी १ बाट युद्धस्थलमा गएका तालिवानसँग युद्ध नगर्ने र अफगान सुरक्षाबललाई सल्लाह र अन्य सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । त्यसपछि अफगानिस्तानको सुरक्षा फौजले नै तालिवानविरुद्धको कारबाही गर्ने गरेको छ । तर पछिल्लो समयमा तालिवानहरूका हिंसात्मक क्रियाकलापमा पनि वृद्धि भइरहेको बताइएको छ ।

Comments

Top