प्रधानन्यायाधीशको राजीनामा माग्ने डा. केसी सिंहदरबार प्रहरीको हिरासतमा

काठमाडौं ।  प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै अनशन सुरु गरेका डा. गोविन्द केसी पक्राउ परेका छन् ।केसीलाईअनशनस्थल त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरबाटै पक्राउ गरिएको हो । केसीलाई  महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । सिंहदरबार वृत्त अन्य भन्दा सुबिधा सम्पन्नमा गनिन्छ । केसीले अदालतको मानहानी गरेको भन्दै सर्वोच्चका शाखा अधिकृत नेत्र पौडेलले सोबवार सर्वोच्चमा मानहानी मुद्दा दर्ता गरेका थिए । देशको कानुनलाई नै चुनौती दिएका डा. गोविन्द केसीलाई म‌ंगलबार बिहान ९ बजे उपस्थित गराउन प्रहरीलाई आदेश दिएको थियो । न्यायाधीश डम्बर बहादुर शाहीको एकल इजलासले अदालतको अवहेलनाको मुद्दामा केसीलाई उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको हो । यसअघि १३ पटक सम्म अनसन बसिसकेका केसीको यो अनसन प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध केन्द्रीत थियो । ।आइओएमको डीनबाट चार वर्ष पहिले बर्खास्त भएका डा.शशि शर्मालाई सर्वोच्च अदालतले पुनःवहाली गर्न आदेश दिएपछि डा. केसीले पाँच सुत्रीय माग राखेर अनसन छेडेका हुन् । डा. केसीले प्रधानन्यायाधिश पराजुलीको माग गर्दै १४ औ‌ं अनशन सुरु गरेका थिए ।

Comments

Top