प्रहरीले पत्र काटेको घटनाप्रति पत्रकार महासंघको आपत्ति, प्रहरीसँग प्रतिवाद गर्ने निष्कर्ष

काठमाडौं। नेपाल पत्रकार महासंघले अाईजीपी प्रकरणको कार्य सम्पादन मुल्याङ्कनलाई लिएर केही अनलाइन सञ्चारमाध्यमलाई समाचारको स्रोत खुलाउन र सम्पादकलाई उपस्थित हुन प्रहरीले पत्र काटेको घटनाप्रति आपत्ति जनाएको छ ।

महासंघले विज्ञप्ति जारी गरी समाचारको स्रोत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुन पत्र काट्ने अधिकार प्रहरीलाई नभएको र कुनै गुनासो वा उजुरी भएमा प्रेस काउन्सिलमार्फत समाधान खोज्न पनि आग्रह गरेको छ  ।

 महासंघको विज्ञप्तिमा भनिएको छ– यस किसिमका घटनाले सञ्चारमाध्यमलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पु-याउने महासंघको ठहर छ ।

 महासंघ यस किसिमका घटना तत्काल रोक्न र यस्ता घटना पुनः नदोहो-याउन सम्बन्धित पक्षलाई आग्रह गर्दछ । र, प्रेस स्वतन्त्रताविरोधी यस किसिमका घटना नरोकिएमा महासंघ कठोर संघर्षका कदम चाल्न बाध्य हुने पनि स्पष्ट गर्न चाहन्छ । ’ महासंघले गप्रेस काउन्सिल नेपाल, सूचना विभाग, नेपाल बार एसोसिएसन र नेपाल प्रहरीका अधिकारीसँग छलफल गरेको छ ।

 यस्तै  नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार संगठन, नेपाल, अनलाइन पत्रकार संघसहितका प्रतिनिधिहरूसँग पनि छलफल गरी प्रहरीको ध्यानाकर्षण गराउने र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लागि संयुक्तरूपमा प्रतिवाद गर्ने निष्कर्ष महासंघले निकालेको छ ।

Comments

Top