रुपेन्देहीमा फेरी गोली हानेर हत्या , मनोज पुनले लिए जिम्मा

काठमाडौँ । रुपेन्देहीको देवदह नगरपालिकामा व्यवसायी वसन्त पौडेलको गोली हानेर हत्या गरिएको छ । शुक्रबार मध्यान्ह अपरिचित समूहले गोली हानेर उनको हत्या गरेको हो ।  आफ्नो काठ मिलमा बसिरहेको बेला पौडेलमाथि अज्ञात समुहले गोली प्रहार गरेका थिए । गोली लागेर गम्भिर घाईते भएका पौडेललाई उपचारका लागी लुम्बिनी अञ्चल अस्पताल ने क्रममा  मृत्यु भएको प्रहरीले जनाएको छ । हत्याको जिम्मा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याका योजनाकार मनोज पुनले मलेसियाबाट फोन गरी लिएको स्थानिय पत्रकारहरुले फेसबुकफार्फत जनाएका छन् ।पुन अहिले फरार छन् ।पुनले केही पत्रकारलाई फोन गरी पौडेल नसुध्रिएको भन्दै गोली आँफैले हान्न लगाएर घटना घटाएको दाबी गरेका हुन ।  

Comments

Top