मेसी र स्वारेज नखेलाउँदा बराबरिमा रोकिया बार्सिलोनामा

काठमाडौं : मेसी र स्वारेज बिना मैदानमा उत्रिएको बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेग बराबरीमा रोकिएको छ। बिहिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोसँग १-१ गोलको बराबरी खेलेको हो। बार्सिलोनाले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकुनुपरेको हो। बार्सिलोनाका लागि जोसे अर्नैजले एक गोल गरेका थिए भने सेल्टाका पिओने सिस्टोले बराबरी गोल फर्काए। मेस्सी र स्वारेजको अनुपस्थितिमा बार्सिलोनाको फरवार्ड लाइन पाउलिन्हो र अर्नैजले सम्हालेका थिए ।दुई टोलिबिचको दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा हुने छ ।

Comments

Top