logo

पाकिस्तानलाई दिंदै आएका सैन्य सहयोग रोक्ने अमेरिकाको घोषणा

काठमाडौं : अमेरिकाले पाकिस्तानलाई दिने सबै प्रकारका सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । अमेरिकी विदेश विभागका अनुसार पाकिस्तान आतंकवाद अन्त्य गर्न असफल भएकाले यस्तो घोषणा गरिएको हो । अमेरिकी विदेश विभागबाट जारी वक्तव्यमा लेखिएको छ-सैन्य सहयोग तबसम्म रोकिने छ जबसम्म पाकिस्तानले हक्कानी नेटवर्क र अफगान तालिवानविरुद्ध कारबाही गर्दैन । बीबीसीका अनुसार पाकिस्तानलाई दिने गरिएको २५५ मिललियन डलरमा पनि अमेरिकाले रोक लगाएको छ ।यसै हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले झूठो बोलेको र चरमपन्थीलाई संरक्षण गरेको आरोप लगाउँदै ट्वीट गरेका थिए । ट्रम्पले भनेका थिए, ‘अमेरिकाबाट अर्बौं डलर मद्दत लिएर पनि चरमपन्थीलाई पालिरहेको छ ।’

Comments

Top