ट्याक्सी पनि चोरी हुन थालेपछि प्रहरीमाथि नै आशंका

काठमाडौं : काठमाडौंमा मोटरसाइकल चोरीको घटना नौलो होइन् । मोटरसाइकल चोरी भएको उजुरीहरु दिनप्रतिदिन बढिरहेका छन् । तर, ट्याक्सी नै चोरी भएको घटनाले प्रहरीको कार्यप्रति सर्वसाधरण समेत सशंकित भएका छन् । पछिल्लो समय प्रहरी प्रमुखको विषयलाई लिएर मुद्दा मामिला चलिरहेको र चोरीकान् घटना दिन प्रतिदिन बढिरहेकोप्रति सर्वसाधरणहरुमा प्रहरीले शान्ति सुुरक्षा दिन नसकेको आशंका पैदा भएको छ । पछिल्ला दिनहरुमा प्रहरी समक्ष ट्याक्सीदेखि गरगहना र ल्यापटपसम्म चोरी भएका उजुरी बाक्लै आउन थालेको छ । काठमाडौंको तार्केश्वर नगरपालिका–८ का प्रदिप खत्रीको ट्याक्सी राति पार्किङ गरिराखेकै अवस्थामा चोरी भएपछि प्रहरीमाथि आशंका उब्जिएको हो । खत्रीको बा१ज २१५० नम्बरको ट्याक्सी गोंगबु मित्रनगर मैपी पुल नजिक सडकमा पार्किङ्ग गरी राखेको अवस्थामै चोरी भएको हो । प्रहरीले चोरहरुको खोजी भइरहेको जनाइएको छ ।

Comments

Top