प्रदीप पौडेलको मुद्दामा मतपत्र झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले तनहुँको निर्वाचन क्षेत्र नं २ प्रदेश (क) मा मतगणनाका क्रममा प्रयोग भएका सबै मुचुल्का, मतपत्रलगायतका कागजात झिकाउन आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले बुभवार  निर्वाचनका समयमा प्रयोग भएका मुलुल्का र मतपत्र झिकाउने आदेश दिएको हो । यसअघि पुस ७ गतेको सुनुवाइमा बुधका संवैधानिक इजलासले निर्वाचन आयोग र उम्मेदवार दुवैलाई छलफलका लागि बोलाएको थियो । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले तनहुँमा मतगणनाका क्रममा धाँधली भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।  पौडेलका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार तथा विना विभागीय मन्त्री आशा कोइराला पाँच मतको अन्तरले विजयी भएकी थिइन् ।  

Comments

Top