दुई ज्यानी दुश्मन सुमार्गी र सिरोहिया हिसाब मिलाउन सुटुक्क दुबईतिर

काठमाडौं । एकातिर दुई ठूला मिडिया हाउसका मालिक स्वदेशमा एक अर्काको ज्यान सुरक्षाको माग गर्दै झगडा छताछुल्ल पार्दै छन् भने अर्कातिर विदेश गएर साटसुट हिसाब मिलान गर्न पनि भ्याएकै छन् । उनीहरु गत साता एक दिनको फरक पारेर सुटुक्क एउटा खाडी मुलुकतर्फ लागेको उडान तालिकाले देखाएको छ । अजय सुमार्गी १३ गते गएर फ्लाई दुवैको जहाजबाट १५ गते साँझ ६ः ३० बजे फर्किसके भने कैलाश सिरोहिया चाहीँ १४ गते राती साँढे १० बजे सोही बायु सेवाको उडानबाट दुबई पुगेर भोलीपल्ट दिनभर सुमार्गीसँग भेटवार्ता गरेपनि अझैसम्म नेपाल फर्किएका छैनन् । एकअर्कालाई स्वामि शब्दले संवोधन गर्ने थाहा र कान्तिपुर मिडिया ग्रुपका यी दुई नवधनाड्य अघिल्लो महिना ज्यानी दुश्मनको रुपमा छताछुल्ल भएका थिए । यस्तो किन भनएको होला रु भित्रिी रहस्य जे–जे भएतापनि बाहिर देखिने कारण चाहीँ आर्थिक लेनदेन नै रहेकोमा आशंका छैन । कैलाश सिरोहियाले कान्तिपुरबाट विनोद ज्ञावाली अलग भएपछि रामेश्वर थापालाई पार्टनर बनाएर भित्र्याए । केही समयमै अलग्गिने भए उनलाई सिरोहियाले ३५ करोडको दुई वटा चेक दिए । त्यो कुरा लोकमानसिंह कार्की अख्तियार प्रमुख भएकै बेलाको हो । उक्त चेक अन्तर्गतको केही रकम त तत्काल भुक्तान भयो तर ठूलो हिस्सा बाँकी नै रहयो । त्यसैबेला काठमाडौंको तीनकुनेमा सुहृद घिमिरेबाट जग्गा किनेर काठमाडौं मार्ट खोल्ने तयारी भयो । जग्गाको कारोबार गर्दा जम्मा ६५ कारोडमा पास गरिएको थियो । रामेश्वरलाई भुक्तानी गर्न सिरोहियाले सुमार्गीलाई बेचेको सो जग्गामा एक हप्ताअगाडी देखि थाहा ड्राइभिङ सेन्टर सञ्चालनमा आएको छ । हुन त त्यही बेला पनि सो जग्गाको कारोबार रोक्न लोकमानले मालपोतलाई धम्कीयुक्त फोन गरेका थिए तर, राती ८ बजेसम्म कार्यालय खुला राखेर भएपनि पास गरियो । अहिले त्यही जग्गा पुरानै मुल्यमा फिर्ता गर्न सिरोहियाले सुमार्गीलाई दबाव दिएपछि आन्तरिक विवाद छताछुल्ल भएको कसैकसैको दाबी छ । जग्गा मुक्तीश्री सिमेन्टको नाममा सुमार्गीले किनेका हुन् । जनआस्था साप्ताहिकमा खबर छ–

Comments

Top