प्रहरीमा फेरी भद्रगोल, दरबन्दी थपेर डीआइजी बढुवा गर्न देउवाको दबाब

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीमा ४ दरबन्दी थपेर डीआइजी बढुवा गर्न चर्को दबाब दिइरहेका छन् । डीआइजीका ५ वटा दरबन्दी रिक्त छन् । ५ रिक्त र ४ वटा थप गरी ९ एसएसपीलाई डीआइजी बढुवा गर्न गृहमन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई बढुवा समितिको बैठक चाँडो बोलाउन चर्को दबाब दिइरहेका छन् । एआइजीका अनावश्यक दरबन्दी थप गरी १६ वटा पु-याएर देशलाई मासिक करोडौं ब्ययभार थपेका कामचलाउ सरकारका प्रधानमन्त्री देउवाले मुख्यसचिव लोकदर्शन रेग्मीलाई ९ वटै डीआइजी बढुवाका लागि चर्को दबाब दिएको स्रोतले बताएको छ ।

 डीआइजी बढुवाका दाबेदारहरुसँग प्रधानमन्त्री देउवाले दररेट तोकेर आर्थिक लाभ लिइसकेकाले बढुवा गर्न गर्न चर्को दबाब दिइरहेको गृहमन्त्रालय स्रोतले बताएको छ । एआइजीका अनावश्यक दरबन्दी सृजना गरी राष्ट्रलाई ब्ययभार थपेका देउवाले डीआइजीमा पनि मनपरी दरबन्दी थपेर नेपाल प्रहरीलाई पंगु बनाउन लागेका छन् ।

 ग्रामीण क्षेत्रमा ४५० भन्दा बढी प्रहरी चौकीको लागि निवेदनको चाङ लागेको छ । तर एआइजी र डीआइजीमा आवश्यकै नभए पनि ब्यक्तिगत लाभ लिएर बढुवा गर्नु दुर्भाग्यपूर्ण हो, नेपाल प्रहरीका एक अधिकारीले भने, एउटा एआइजीका लागि हुने खर्चले दुईवटा चौकी स्थापन गर्न पुग्छ । डीआजीका लागि हुने खर्चले एउटा चौकी बन्छ ।

 तर प्रधानमन्त्री नै आर्थिक लाभ लिएर अनावश्यक दरबन्दी थपी राष्ट्रलाई ब्ययभार थप्न उद्यत भएका छन् । डीआइजीको लागि केदार रिजाल, शेरबहादुर बस्नेत, दिनेश अमात्य, महेन्द्र पोखरेल, पिताम्बर अधिकारी, दानसिंह बोहरा, सुशील भण्डारी, महेशविक्रम शाह, सुवास चौधरी लगायतका एसएसपीहरुको दौडधूप छ । एसएसपीहरु विष्णुहरि गौतम, श्याम खड्का, कृष्णप्रसाद गौतम, प्रेम चन्द, दीपककुमार थापा, रविन्द्रप्रसाद शर्मा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, कमल जीटी, नारायणसिंह खड्काहरुको पनि दौड चलिरहेको छ । यीमध्ये दानसिंह बोहरा, महेशविक्रम शाह, सुशील भण्डारी, महेन्द्र पोखरेल र पिताम्बर अधिकारीहरुको सक्रियता बढेको समाचार छ । महेन्द्र पोखरेल, पिताम्बर अधिकारी, शेरबहादुर बस्नेत, दिनेश अमात्य लगायतका एसएसपीहरु सधैं आकर्षक ठाउँमा बसेर कुस्त सम्पत्ति आर्जन गर्नेमा पर्दछन् । दृष्‍टिबाट

Comments

Top