ट्रम्पलाई किमको चेतावनी

काठमाडौं  : विश्व नै नयाँ वर्षमा झुमिरहेका बेला उत्तरको कोरियाली शासक किम जोङ उनले अमेरिकालाई चेतावनीयुक्त सन्देश दिएका छन् । किमले आफूले चाहे जुनसुकै बेला अमेरिकामाथि क्षेप्यास्त्र प्रहार गर्न सक्ने चेतावनी दिएका हुन् । उनले अमेरिकाको सम्पूर्ण भूभाग उत्तर कोरियाली क्षेप्यास्त्रको निशानामा रहेको आफ्ना सबै क्षेप्यास्त्रको ‘स्वीच’ आफ्नै टेबलमा रहेको भन्दै अमेरिकालाई धम्कीपूर्ण भाषामा चेतानवी दिएका हुन् । उनले भनेका छन्,‘उत्तर कोरियाले चाह्यो भने जुनसुकै बेला क्षेप्यास्त्र प्रयोग गर्न सक्छ ।’ किमले अमेरिकाले कहिल्यै पनि उत्तर कोरियाविरुद्ध युद्ध गर्न नसक्ने समेत दाबी गरेका छन् । उनले आफ्नो मुलुक ठूलो परमाणु शक्ति बनेर स्थापित हुने दावी समेत गरेका छन् । प्योङयाङ टेलिभिजनमा नयाँ वर्षको सन्देश दिँदै किमले अमेरिकालाई भनेको कुरा कुनै चेतावनी नभइ वास्तविकता भएको समेत बताएका छन् । उत्तर कोरियाको यो भनाइले अमेरिका संगसंगै छिमेकी मुलुक दक्षिण कोरिया र जापानलाई समेत अप्ठेरोमा धकेलेको छ । किमले उत्तर कोरियाले दक्षिण कोरियामा विन्टर ओलम्पिकको टिम पनि पठाउने बताएका छन् । अमेरिकालाई दिएको चेतावनीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने,‘हेरौंला हेरौंला’ भन्ने प्रतिक्रिया दिएका छन् । एजेन्सी

Comments

Top