logo

मूल्यबृद्धिको विरोधमा उत्रिदा २ को मृत्यु, दर्जनौं घाइते

काठमाडौं : इरानमा भएको सरकार विरोधी आन्दोलनमा दुई जनाको मृत्यु भएको छ भने दर्जनो घाइते भएका छन् । कयौंलाई त पक्राउ समेत गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सरकारले मुल्यवृद्धि गरेपछि त्यसको विरोधमा भएको प्रदर्शनमा कम्तिमा दुई प्रदर्शनकारी मारिएका हुन् । सुरक्षाकर्मीले प्रदर्शनमा हस्तक्षेप गरेपछि उनीहरुको ज्यान गएको हो । पाँच दर्जनको संख्यामा सुरक्षाकर्मीले प्रदर्शनकारी पक्राउ गरेको छ । राजधानी तेहरानसहित देशका बिभिन्न भागमा प्रदर्शनमा उत्रेका हजारौं प्रदर्शनकारीले राष्ट्रपति हसन रुहानीको राजीनामा मागेका छन् । तीन दिन यता जारी आन्दोलन हिंसात्मक हुन थालेपछि राष्ट्रपतिले प्रदर्शनमा सहभागी नबन्न चेतावनी दिएका छन् । मुइरानमा भेला भएर विरोध गर्नुलाई गैरकानुनी जमघट भन्दै सरकारले उल्टै कार्वाही गर्ने चेतावनी समेत दिएको छ ।

Comments

Top