विकासका लागि के सत्तापक्ष के प्रतिपक्ष हामी सबै एकजुट हुनुपर्छ : दाहाल

काठमाडौं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलहरुबीच मिलेर जाने वातावरण बनाउन आफूले भरपुर मेहेनत गरिरहेको बताएका छन् । देशको समृद्धि र विकासका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नुपर्ने बताउँदै उनले यसै विषयमा कांग्रेस र एमालेसँग छलफल भइरहेको बताए । ललितपुरको खुमलटारमा आइतबार विहान आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने–‘ विकासका लागि के सत्तापक्ष के प्रतिपक्ष ? हामी सबै एकजुट भएर अगाडी बढ्नुपर्छ । त्यसैले दलहरुबीच मिलेर जाने वातावरण बनाउन मेहेनत गरिरहेको छु ।’ सबै दलहरु मिलेर देश निर्माण गर्नुपर्ने भन्दै उनले त्यसका लागिनै आफूले पहल गरिरहेको बताए । आफ्नै पहलमा राष्ट्रिय सभा सम्बन्धी अध्यादेश अगाडि बढेको भन्दै प्रचण्डले राजनीतिक निकासका लागि सबैसँग मिलेर जानु पर्ने बताए ।

Comments

Top