पाकिस्तानमा गर्मीबाट मर्नेको सङ्ख्या ४७४

पाकिस्तानः सामूद्रिक किनारमा अवस्थित पाकिस्तानी एक सहर कराचीमा भीषण रूपमा चलेको तातो हावाको कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४७४ पुगेको छ । कराचीको प्रान्तीय राजधानीमा अवस्थित एक प्रमुख अस्पतालमा तातोहावा अर्थात लूको कारण बिरामी भएर आएका करिब ३०० व्यक्तिको मृत्यु भएको वरिष्ठ स्वास्थ्य अधिकारी सैएल मङ्गनेजोले सञ्चार माध्यमहरूलाई बताउनुभएको छ । पाकिस्तानको मौसम विज्ञान विभागका अनुसार सन् १९९७ यता हाल आएर कराची सहरको तापक्रम पहिलो पटक ४५ डिग्री पुगेको छ ।pakistan garmi राज्यद्वारा सञ्चालित जिन्नाह अस्पतालका चिकित्सक तथा उपनिरीक्षक सिमी जमालीले सञ्चारमाध्यमसँग कुरागर्दै शनिबारदेखि हालसम्म सो अस्पतालमा भर्ना भएका २०० भन्दा बढी बिरामीको मृत्यु भएको जनाउनुभएको छ । उहाँका अनुसार यस तातोहावाबाट ३ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका र तीमध्ये करिब २०० को अवस्था गम्भीर रहेको छ । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले यस घटनाप्रति गहिरो दुख प्रकट गर्नु भएको प्रधानमन्त्री कार्यालयद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा उपचारार्थ अस्पताल भर्ना भएका व्यक्तिहरूको लागि सक्दो राम्रो उपचारको लागि पनि आदेश दिनुभएको जनाइएको छ । पाकिस्तानको मानवअधिकार नियोगले थप व्यक्तिको ज्यान जानबाट जोगाउनको लागि सरकारले तुरुन्तै प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने जनाएको छ ।

Comments

Top