logo

सरकारले आज पनि तोक्न सकेन प्रदेश प्रमुख र अस्थायी राजधानी

काठमाडौं । सरकारले आज प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने बताइएको भएपनि आज बिहान बसेको मन्त्रिपरिषद बैठकले कुनै निर्णय गर्न सकेन । सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले मन्त्रिपरिषद बैठकमा प्रदेश प्रमुख र अस्थायी राजधानीबारे कुनै निर्णय नभएको बताए । प्रदेशसभाको निर्वाचन परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था संविधानमा भएकोले प्रदेश प्रमुख नतोकिँदा अझैसम्म निर्वाचन आयोगले आधिकारीक परिणाम बुझाउन पाएको छैन।
उता वाम गठबन्धनका नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने जिम्मा सरकारको भएको भन्दै त्यसबाट पन्छिँदै आइरहेका छन् भने निर्वाचन आयोगको ढिलासुस्तीप्रति पनि आक्रोश पोखिरहेका छन् । दुबै विषयमा थप परामर्श गर्नुपर्ने देखिएकाले आजको बैठकले यस विषयमा निर्णय गर्न नसकेको बताइएको छ ।

Comments

Top