मेस्सीको दुई गोलसँगै बार्सिलोना क्वाटरफाइनलमा

काडमाडौं । मेस्सीको दुई गोलसँगै बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा बार्सिलोनाले सेल्टा भिगोलाईलाई फराकिलो अन्तरमा हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

अर्जेन्टाईनी स्ट्राईकर लियोनल मेस्सीले पहिलो हाफको १५ मिनेटभित्रै दुई गोल गरेका थिए । घरेलु मैदानमा भएको दोस्रो लिगमा बार्सिलोनालाई जिताउन मेसीले दुई तथा लुइस स्वारेज, जोर्डी अल्बा र इभान राकिटिकले समान एक एक गोल गरे।यो जितसँगै बार्सिलोनाले समग्रमा ६–१ को जितसहित क्वाटरफाइनलमा स्थान बनाएको हो। सेल्टाको मैदानमा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो।

नाउ क्याम्पमा मेसीले दुई मिनेटमा दुई गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। मेस्सीले खेलको १३ औं र १५ औं मिनेटमा गोल गरेर बार्सिलोनालाई सुरूवाती १५ मिनेट भित्र नै २ – ० को अग्रता दिलाए। खेलको २८ औं मिनेटमा अल्बाले गोल गर्दा बार्सिलोनाको अग्रता ३ – ० ले अघि रह्यो। ३१ औं मिनेटमा स्वारेजले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई ४–० को अग्रता दिलाए।

पहिलो हाफमा ४–० ले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्‍यो। सेल्टाबिरुद्ध एकतर्फी खेलेको बार्सिलोनाले ८७ औं मिनेटमा राकिटिकको गोलबाट ५–० को अग्रता बनायो। त्यसपछि थप गोल हुन् सकेनन् र खेल बार्सिलोनाले सहजै आफ्नो बनायो।

Comments

Top