logo

इस्लिङटनले शुरु गर्यो रोजगार सहितको एमबिए

काठमाडौं । इस्लिङ्टन कलेजले बेलायतको विश्वविद्यालको सम्बन्धनमा अनुसन्धान रोजगार सहितको एमबिए कार्यक्रम शुरु गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी कलेजले एमबिएको कोर्ष शुरु गरेको हो । कलेजले चीन र थाइल्याण्डमा समेत अतिरिक्त समय अध्ययनको व्यवस्था सहित दुई वर्षे एमबिए कोर्ष शुरु गरेको हो ।

इस्लिङ्टनले बेलायतको लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा चालु शैक्षिक सत्रदेखि एमबिए कोर्ष शुरु गर्ने भएको छ । यो कोर्ष अध्ययनपछि नेपाललगायत विश्वका कुनै पनि मुलुकमा व्यवसाय अध्ययन र अनुसन्धानमा सहयोग हुने कलेजले जनाएको छ । अनुसन्धानमा आधारित दुई वर्षिय कोर्ष अन्तर्गत नेपालबाट बिदेश निर्यात हुने र विदेशबाट नेपाल आयात हुने सामाग्रीको विषयमा सुक्ष्म अध्ययन गर्ने यो कोर्षको विशेषता रहेको पनि कलेजको भनाई छ ।

ब्यापारसँग सुक्ष्म अध्ययन गर्ने उद्देश्य सहित नयाँ विषयको शुरुवात गरिएको कलेजका प्रमुख कार्यकारी निर्देशक शुलभ बुढाथोकीले जानकारी दिएका छन् । उनले भने–‘हामीले नेपालको बैकिङ, अर्थ र व्यापारिक क्षेत्रको विषयमा अध्ययन गरी नेपालको व्यावसाय सञ्चालन गर्न सहजताको लागि नयाँ कोर्षको शुरुवात गरेका हौं ।

Comments

Top