क्यालिफोर्नीयामा पनि मनाइयो पृथ्वी जयन्ती

काठमाडौं । अमेरिकाको क्यालिफोर्नीयामा पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । नेपालमा सरकारले सार्वजनिक विदा नै दिएर पृथ्वी जयन्ती मनाउँदै आएकोमा यस वर्ष लामो समयदेखि क्यालिफोर्नीयाको बर्क्ली क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले २ सय ९६ औं पृथ्वी दिवस मनाएका हुन् ।
नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पृथ्वीनारायण शाहको दिव्ययोपदेशको स्मरण गर्दै अमेरिकामा पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।

Comments

Top