ओलीलाई भेट्न नवराज सिलवाल बैँककमा !

काठमाडौं ।  पूर्व डीआइजी एवं एमालेका सांसद नवराज सिलवाल यतिखेर कहाँ होलान त ?  कीर्तेकाण्डमा प्रहरीले  छानबिनका लागि पक्राउ आदेश जारी गरेका  सिलवाल  मलेसियामा रहेको बताइन्छ । अदालतले पक्राउ गर्न आदेश दिइसकेको व्यक्ति कसरी विदेश जान सक्यो ? त्रिभुवन विमानस्थलबाट त्यति ठूलो सुरक्षा जत्थाले किन रोक्न खोजेन ?।  सिलवाल नेपालमै रहेको पनि हल्ला चलेको छ। तर उच्च स्रसार बैंककमा नेकपा एमालेका अध्यक्ष केपी ओली रहेकैले पनि सिलवाल बैंकक पुगेको समेत सिलवाल निकट स्रोतले वतायो  । उनी तत्काल नेपाल नफर्कने स्रोतको भनाइ छ । अमेरिकाको मल्टिपल भिसा भएका उनी एमालेकै अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नहुन्जेल नेपाल नफर्कने मनस्थितिमा रहेको बुझिन्छ । अब ओली प्रधानमन्त्री भएपछि के उनको सांसद पद फिर्ता हुन्छ वा उनी अदालतमा नगइकनै आरोप मुक्त हुन्छन् ? 

 

Comments

Top