आफ्नै स्टाटसका कारण ३.३ बिलियन गुमाए फेसबुकका मालिक जुकरबर्गले

काठमाडौं । आफ्नो एउटा स्टाटसका कारण फेसबुकका सीईओ मार्क जुकरबर्गले ३.३ बिलियन गुमाउनु परेको छ । जुकरबर्गले व्यवसाय, ब्राण्ड र मिडियाका पोष्टलाई कम महत्व दिई न्यूज फिडमा परिर्तवन गर्ने घोषणा गरेका थिए । त्यसको साटो पारिवारिक र साथीभाइबीचका कुराकानीलाई प्राथमिकता दिने जुकरबर्गले आफ्नो पेजमा लेखेका थिए ।

सोही स्टाटसका कारण फेसबुकले ३.३ बिलियन डलर गुमाउनु परेको ब्लूमबर्ग न्यूजले जनाएको छ । शुक्रबार मात्र फेसबुकको शेयर मूल्य ४.५ प्रतिशतले गिरावट आएको ब्लूमबर्गले उल्लेख गरेको छ ।
जुकरबर्गले आफ्नो दिनको सुरुवात ७७.८ बिलियनको मालिकका रुपमा गरेका थिए तर, शेयर बजारमा आएको गिराबटका कारण ७४ बिलियनमा दिनको अन्त्य गरे । यससँगै जुकरबर्ग विश्वका अर्बपतिहरुको सूचीमा पनि एक स्थान तल झरेका छन् ।

Comments

Top