सहमतिको प्रयासले प्रदेश प्रमुख र राजधानी तोक्न ढिलाइ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दलीय सहमतिको प्रयास गर्दा प्रदेश प्रमुख र राजधानी तोक्न ढिलाइ भएको बताएका छन् । तिन दिनभित्र सरकारले प्रदेश प्रमुख र राजधानी तोक्ने बताउँदै प्रधानमन्त्री देउवाले भने–‘अब सहमति भएपनि नभएपनि तीन दिनभित्र प्रदेश प्रमुख र राजधानी सरकारले तोक्ने छ ।’

कैलालीको गोदावरीमा वाह् राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने–‘निर्वाचनमा कसैको बहुमत आएको छैन, संसद गठन भएको छैन कसलाई सत्ता सुम्पने ? कानुनी प्रक्रिया, संविधानको दायरा केही नबुझी सत्ता हस्तान्तरणको राग मात्र अलाप्नु राम्रो पक्ष होइन ।’

कानुनसम्मत रुपमा अगाडि आए आफू एक मिनेटमै सत्ता छोड्न तयार रहेको बताउँदै देउवाले राष्ट्रियसभा निर्वाचन पछि संसदले पूर्णता पाउने भएकाले त्यसपछि मात्र नयाँ सरकार गठन हुने बताए ।

Comments

Top