logo

दुर्घटनामा परी गाउँपालिकाका अध्यक्षसहित पाँचको मृत्यु

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा मेला जाने क्रममा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। भोटखोला गाउँपालिका–३ मा पर्ने सामाटार भन्ने स्थानमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवाल सहित पाँच जनाको मृत्यु भएको हो। आइतबार करिब १२ बजे भएको दुर्घटनामा मकालु गाउँपालिकाकै अर्का स्थानीय सुरेश राईको पनि मृत्यु भएको छ। अन्य मृतकको सनाखत हुन सकेको छैन।

माघे संक्रान्तिको अवसरमा वरुण मेला जाने क्रममा दुर्घटना जिप दुर्घटना भएको हो। दुर्घटनास्थल जोगवी किमाथांका सडक अन्तर्गत पर्छ। घटनास्थल सदरमुकाम खाँदबारीबाट कम्तिमा ७० किलोमिटर उत्तरमा पर्छ ।

Comments

Top