इन्टरनेसनल सिमेन्टको ब्रान्ड एम्बेसडरमा हमाल, बजार प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास

काठमाडौं।  इन्टरनेसनल सिमेन्टले अभिनेता राजेश हमाललाई आफ्ना उत्पादनहरुको ब्रान्ड एम्बेसडर बनाएको छ । कम्पनी र अभिनेता हमालबीच शनिबार सो सम्बन्धी अनुबन्धपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कम्पनी सञ्चालक बिमल अग्रवाल र हमालले हस्ताक्षर गरेका छन्  ।
अब इन्टरनेसनल सिमेन्टका उत्पादनहरुको प्रवद्र्धन अभियान तथा प्रचार सामग्रीमा अभिनेता हमाल सामेल हुनेछन्  । वीरगन्जस्थित इन्टरनेसनल सिमेन्टले ओम, ज्योति र रुद्राक्ष, ब्रान्ड नाममा सिमेन्ट उत्पादन गर्दै आएको छ ।
कम्पनी सञ्चालक अग्रवालले हमालको सहभागिताबाट आफ्ना ब्रान्डको बजार प्रवद्र्धनमा ठूलो सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन्  ।

Comments

Top