सिरोहियालाई सुमार्गीको प्रश्न - के सिमेन्ट , हाइड्रो र दूरसञ्चारमा लगानी गरेर रोजगारी सिर्जना गर्नु आतंककारी क्रियाकलाप हो ?

ajaysumargi

काठमाडौं। व्यापारी अजयराज सुमार्गीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफु बिरुद्द हुँदै नभएका समाचार छापेर ब्ल्याकमेलिङ गरेको आरोप लगाएका । जसका कारण कान्तिपुरले पाठकमाथि गम्भीर विश्वासघात गरेको सुमार्गीले दाबी गरे ।

वानेश्वरस्थित मुक्तिश्री टावरमा पत्रकार सम्मेलन गर्दै सुमार्गीले कुनै पनि ठूलो व्यवसाय सञ्चालन गर्दा मिडिया प्रोटेक्सनका लागि कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई केही प्रतिशत नजरानावापत दिनुपर्ने अवस्था आएको उल्लेख गरे ।

सिरोहिया र आफु बीच कारोबार चल्दै आएको भन्दै उनले भने-'०७० सालमा सिरोहिया र मबीच जग्गा कारोबार भएको र अहिले उक्त जग्गा फिर्ता लिन जुनसुकै हदसम्म अपराध गर्न उद्यत देखिएका छन् । जग्गा कारोबारको एक वर्षपछि मेराविरुद्ध उनले गाली बेइज्जती सुरु गरेको जगजाहेर नै छ । २६ असोज, ०७१ मा कान्तिपुर ग्रुपअन्तर्गतको ‘नेपाल’ साप्ताहिकमा मेराबारे छापिएको पहिलो प्रलापको दृष्टान्त हो, जहाँ मैले भित्र्याएको ऋण लगानी ‘जफत हुने अवस्थामा पुगेको’ भनी लेखिएको छ । उक्त पत्रिकामा छापिएको सामग्री निराधार थियो, मलाई बदनाम गर्ने एक मात्र उद्देश्यले निर्देशित थियो । २ म सिरोहियाजीलाई भन्न चाहन्छु, उक्त जग्गाको खरिदबिक्री राजीखुसीमै भएको थियो । राज्यको प्रचलित कानुनबमोजिम नै थियो । दोस्रो कुरा, मैले तपाईंलाई अप्ठ्यारोमा पारेर जग्गा खरिद गरेको होइन, तपाईंको अनुनय विनय स्वीकारेको मात्र हुँ । त्यतिखेर तपाईंको परिस्थिति नै अप्ठ्यारो थियो । मैले उक्त जग्गा खरिद नगरेको खण्डमा तपाईं बैंकको ऋण चुकाउन नसकेर जेल जाने अवस्था थियो । त्यस्तो अप्ठ्यारो परिस्थितिमा लगाइदिएको गुन बिर्सेर, पुरानै मूल्यमा जग्गा फिर्ता मागी तपाईंले कृतघ्नताको हद नाघ्नुभएको छ । अहिले सञ्चार माध्यम जस्तो साधनलाई बदनामीको हतियार बनाउँदै निन्दनीय काम गर्नुभएको छ ।'

उता सुमार्गीले काठमाडौं जिल्ला अदालतमा २५ करोड रुपैयाँ क्षतिपूर्तिको दाबीसहित मुद्दा दायर गरिसकेका छन् ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको गोप्य अनुसन्धान प्रतिवेदनको हवाला दिँदै कान्तिपुरले दिएको समाचारप्रति पनि सुमार्गीले आपत्ति जनाएका छन् । उनले भने -' के सिमेन्ट कम्पनी, हाइड्रो, दूरसञ्चार आदिमा लगानी गर्नु आतंककारी क्रियाकलापलाई प्रोत्साहन गर्नु हो रु वा, नेपालमा ठूलो परिमाणमा रोजगारी सिर्जना गर्नु आतंककारी क्रियाकलाप हो ?।

नियोजित रूपमा गरिएको यस्तो प्रहारबाट आफ्नो सम्झौता भइसकेको वैदेशिक ऋण लगानी प्रभावित हुन सक्ने र थप लगानीसमेत प्रतिकूल असर पर्नसक्ने भन्दै सुमार्गीले चिन्ता समेत व्यक्त गरे । कान्तिपुर ब्ल्याकमेलिङ प्रकरण अदालतमा पुगेपछि नेपाल मिडिया सोसाइटीले जारी गरेको विज्ञप्तिप्रति पनि सुमार्गीले आपत्ति जनाए । सुमार्गीले ।सञ्चार माध्यमको दुरूपयोग गरी ब्ल्याकमेलिङ गर्ने ती प्रलापहरूबाट अविचलित रहन सरोकारवालाहरूमा पनि आग्रह गरेका छन् । 'मेरा कुनै कामकारबाही गलत र गैरकानुनी छैनन् । प्रचलित कानुनको कसीमा घोटिन म हरदम तयार छु' - सुमार्गीले भने ।

Comments

Top