स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.तारानाथ पौडेल नियुक्त

drtara

काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.तारानाथ पौडेललाई नियुक्त गरेको छ । डा पौडेलले पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको प्रमुखका रुपमा काम गरिसकेकका छन् ।

पौडेललाई महानिर्देशक बनाएसँगै डा राजेन्द्र पन्तलाई मन्त्रालय तानिएको छ । महानिर्देशकको जिम्मेवारी पाएपछि उनले मंगलबार पद बहाली गरेका छन्।

डा.पौडेलले लुम्बिनी अञ्चल अस्पतालका पुर्ब मेडिकल सुपरिटेन्डेन्टको रुपमा समेत काम गरिसकेका छन् । 

Comments

Top