चक्रेको देब्रे हात बन्यो मनाङेका लागि जेल बस्ने बाटो, सांसद पद निलम्बनमा

manange

काठमाडौं । मनाङ जिल्लाबाट प्रदेश सभामा निर्वाचित ‘डन’ दीपक मनाङेलाई सर्वोच्च अदालतले ज्यान मुद्दामा पाँच वर्ष सजाय तोकेको छ । सर्वोच्चका न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मंगलबार मनाङेलाई पाँच वर्ष थुन्ने फैसला गरेको हो । फैसलासँगै मनाङेको सांसद पद निलम्बनमा परेको छ ।

 विभिन्न अपराधका मुद्दाहरू खेप्दै आएका मनाङे केही समय अगाडि एमालेमा प्रवेश गरेका थिए । प्रदेश सभामा स्वतन्त्रबाट उम्मेदवारी दिएर मनाङ्गे विजयी भएका थिए । १३ वर्षअघि अर्का डन मिलन गुरुङ चक्रेमाथि आक्रमण गर्न लगाइ हात काटेको घटनाले अहिले मनाङे संकटमा परेका हुन ।

 मंगलबार सर्वोच्च अदालतले उक्त मुद्दामा मनाङेलाई ५ वर्ष कैद सजाय हुने तत्कालीन पुनरावेदन अलालतको फैसला सदर गरेको हो। आक्रमणमा संलग्न काभ्रेली समूहले भने सफाइ पाएको छ। घटना लगत्तै मनाङेलाई ज्यान मार्ने मुद्दामा जिल्ला अदालतले २ वर्ष कैद सजाय सुनायो भने तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष कैद सजाएको थियो । तर, उमेश लामा,गणेश लामालगायतलाई भने सफाइ दियो।  जिल्ला अदालतको फैसलाअनुसार मनाङे २ वर्ष जेल बसिसकेका छन्। अब मनाङे थप ३ वर्ष जेल बस्नुपर्ने हुन्छ।

 

Comments

Top