ओली र हिमानीबीचको बैकक वर्ताको अर्थ के ?

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व युवराज्ञी हिमानी शाहबीच थाइल्याण्डमा गम्भिर छलफल भएको बताइएको छ । छलफल भोलिका दिनमा पूर्वराजसंस्थालाई कसरी पुनर्स्थापना गर्ने भन्ने विषयमा केन्द्रित भएको बुझिएको छ। ओली यस विषयमा निकै गम्भीर रहेको र आफूले पूर्वराजसंस्थालाई यथोचित सम्मान गर्ने वचन पनि दिएका छन्। उनलाई भारतबाट समेत पनि उत्तिकै दबाब आएको बुझिन्छ।

स्रोतका अनुसार हिमानीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूतसँगै पूर्व प्रधानमन्त्री ओलीसँग गम्भीर छलफल गरेकी हुन् । अब बन्ने सरकारको नेतृत्व गर्ने तयारीमा रहेका ओलीसँगको भेटलाई गम्भिर रुपमा लिइएको छ ।

पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको आयोजनामा बैङककमा भएको भोजमा सहभागी भएका बेला ओलीले हिमानीसँग देखिनेगरि भेटघाट गरेका थिए। त्यहाँ हिमानी पनि छोरीसँगै डिनरमा गएकी थिइन। त्यहाँको भेट औपचारीकतामा सञ्चो विसञ्चो सोध्ने तहमा मात्र सिमित भएपनि अनौपचारीक भेट भएर थप कुरा भएको स्रोतको दावी छ।

भेटमा नेपाललाई पुनः हिन्दूराज्य फर्काउने र राजपरिवारलाई स्थान दिनेबारे छलफल चलेको थियो । अध्यक्ष ओली र हिमानी ४ गते बिहिबार नै स्वदेश फर्कदै छन्। ओली आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि पुस २६ गते बैंकक गएका थिए भने पुस २१ गते छोरी पूर्णिकालाई लिएर बैंकक गएकी हिमानी १३ दिनसम्म बैंकक बस्नुको अर्थ भने निकै गहिरो छ।

यसअघि पूर्वराजा ज्ञानेन्द्र शाहले पनि भारतमा पाँच दिन बसेर मोदीका दूतलाई भेटेका थिए। त्यसैगरी उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंग भेटवार्ता गरेका थिए। त्यही वार्ताबाटै हिमानीको बैंकक मिटिङ सेटिङ भएको स्रोतको दाबी छ ।

Comments

Top