कांग्रेस आत्तिनु हुँदैन

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट पहिलो पार्टी बनेको नेकपा एमालेलाई सत्ता लिन ठूलो हतार भइरहेको छ । एमालेले कानून र संविधान मिचेर जसरी भए पनि छिटोभन्दा छिटो सत्ताको बागडोर आफूले लिएर जाने तयारी गरेको हो । एमालेले संविधानलाई मिचेर सरकार बनाउनका लागि कांग्रेसको आलोचना गरिरहेको छ ।

तर, कांग्रेस भने सुझबुझका साथ अगाडि बढिरहेको छ । कांग्रेसले बीच बाटोमा छाड्ने हो भने संविधान कार्यान्वयन हुने छैन । यो कुरा बुझेका कांग्रेसका नेताहरूले विधि र प्रक्रिया पूरा गरेर सरकारको नेतृत्व हस्तान्तरण गर्ने पक्षमा लागेका छन् । संविधान नेपाली कांग्रेसको नेतृत्वमा बनेको हो । यसको रक्षा र कार्यान्वयन पनि नेपाली कांग्रेसको हातमा छ ।

एमालेले कांग्रेसलाई असफल बनाउन सत्ता लिप्साको आरोप लगाइरहेको छ । किनभने कम्युनिष्टहरूको बहुमत हुँदाहुँदै पनि पहिलो संविधानसभाबाट संविधान आउन सकेको थिएन । संविधान आउनका लागि नेपाली कांग्रेस ठूलो पार्टी बन्नु परेको थियो । यो कुराबाट एमालेलाई सबैभन्दा ठूलो चोट लागेको छ ।एमालेले कांग्रेसलाई आक्षेप लगाएर दोषीको भागिदार बनाउन चाहन्छ । तर, शेरबहादुर देउवाले जे गरेका छन्, त्यो ठीक गरेका छन् । कांग्रेसले संविधानलाई कार्यान्वयन गरेर देखाउनु पर्छ । सत्ताको लोभ भने जति आरोप लगाए पनि केही समय सहनु पर्ने भएको छ । एमालेको आरोपहरूको खण्डन गर्नुपर्ने भएको छ ।

केपी ओलीको घमण्ड र अहमतालाई कांग्रेसले मात्रै तोड्न सक्छ । त्यो पनि शेरबहादुर देउवाले मात्रै हिम्मत राख्छन् । राष्ट्रिय सभाको निर्वाचनपछि देउवाले सत्ता हस्तान्तरण गर्ने छन् । बरु देउवालाई नै असर पर्ने गरेर कांग्रेसभित्रैबाट जसरी असहयोग भइरहेको छ त्यसलाई रोक्न जरुरी छ । कांग्रेस मिल्यो भने मात्रै लोकतन्त्र र संविधान कार्यान्वयन हुन्छ । होइन भने कांग्रेसले बनाएको संविधान एमालेले असफल बनाउन सक्छ ।

Comments

Top