logo

ओलीलाई यसरी फकाउँदै छन् भारतीय प्रधानमन्त्री मोदी

फाइल फोटो : पिबिआई इन्डियाकाठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएका छन् । आइतबार अपरान्ह टेलिफोन गरी भारतीय प्रधानमन्त्री मोदीे एमाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

ओलीले प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको पनि बताएका अधिकारीले उल्लेख गरेका छन् ।आइतबार दिउँसो साढे ४ बजेतिर ओलीलाई फोन गरेर मोदीले शुभकामना दिएको ओलीको सचिवालयले जानकारी दिएको छ। ओली र मोदीको फोन वार्तामा अंग्रेजी नयाँ बर्ष २०१८ को शुभकामना आदानप्रदान भएको छ ।

२०७२ सालमा भारतले नाकाबन्दी गर्दा भारतसामु नझुकेको भनेर नेपाली जनताले मन पराएका ओली प्रधानमन्त्री बन्ने पक्का पक्की भएपछि फकाउनकै लागि मोदीले फोन गरेको हुनसक्ने अनुमान लगाउन थालिएको छ ।

यता, अध्यक्ष ओलीले भने प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । नाकाबन्दीपछि भारतप्रति आक्रोशित बनेका नेपाली जनताले भने मोदीलाई रुचाएका छैनन् । ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गरेका छन् । मोदीले यसअघिको नेपाल भ्रमणमा यी तीर्थस्थल भ्रमणको इच्छा व्यक्त गरेका थिए ।

Comments

Top