यस्तो बन्यो हुर्रेको दोस्रो गीत (भिडियो सहित)

काठमाडौं । चलचित्र हुर्रेको दोस्रो गीत रिलिज भएको छ। गीतमा अभिनेत्री नीता ढुंगाना आइटम गर्लको रुपमा प्रस्तुत भएकी छिन । गीत हिप्पी शैलीमा रहेको छ। इतबार एक कार्यक्रमका बिच गीत सार्वजनिक गर्दै नायिका नीताले आफुलाई फिल्मको नामले नै आकर्षित गरेकोले आइटम डान्स गरेको बताइन।

कार्यक्रममा केकी अधिकारी पनि उपस्थित थिइन्। कार्यक्रममा दुबैले एक अर्काको प्रसंसा गरेका थिए । गीतमा सविन एकतारेको शब्द रहेको छ भने संगीत कालीप्रसाद बास्कोटाको हो। गीतमा झुमा लिम्बुको स्वर रहेको छ। गीतका कोरियोग्राफर विक्रम स्वार हुन् ।

Comments

Top