logo

कांग्रेस र मधेसी गठबन्धनको यसरी भयो सिट बाँडफाँट

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस र मधेस केन्द्रित दुई दलबीच तालेमल गर्ने सहमति भएको छ । वाम गठबन्धनसँग सहमति नभएपछि मधेसी गठबन्धनका नेताहरु कांग्रेससँग वार्ता गर्न बालुवाटार पुगेका थिए, जहाँ राष्ट्रियसभामा तालमेल गर्ने सहमति भएको छ ।

प्रदेश २ का ८ सिट मध्ये तीन दलले २÷२ सिट लिनेछन् । प्रदेश २ को मत हेर्दा कांग्रेस र मधेसी दलहरु मिल्दा पनि वाम गठबन्धनलाई कुनै घाटा छैन । तीन दल एक ठाउँमा उभिँदा पनि एमाले र माओवादीले एक÷एक सिट जित्नेछन् । तर, मधेसी दलहरुको समर्थनले कांग्रेसलाई अन्य प्रदेशमा केही सिटमा सहयोग पुग्नसक्छ

Comments

Top