logo

सेनाका भगौडा सार्पसुटर गोम्बेलाई परिसरमा बुझायो सीआईबीले

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्नेतलाई पक्राउ हत्या पछि बनेको छानविन समितिमा नबुझाएको भन्दै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो(सिआईवी) विवादमा तानिएयो । विभिन्न सञ्चारमाध्यमहरुमा सिआईवी बस्नेतलाई ससुराली घर झैं भएको समाचारहरु पनि नआएका होइनन् । तर, सिआईवीले भने त्यस्तो नभएको प्रतिक्रिया दिएको थियो ।

पछिल्लो समय गौचनलाई गोली प्रहार गर्ने मुख्य सुटर श्यामबहादुर गुरुङ ‘गोम्बे’ लाई भने सिआईवीले महानगरिय प्रहरी परिसर काठमाडौंमा जिम्मा लगाएर आफू पन्छिएको छ । नेपाली सेनाका भगौडा गोम्बेबारे प्रहरीले अनुसन्धान जारी राखेको छ । गोम्बेको संलग्नता बारे अनुसन्धान हुँदा अहिलेसम्म गौचन बाहेक थप दुई गोलीकाण्ड भएको रहस्य खुलेको छ ।

सिआईबीले रुपन्देही प्रहरीको समन्वयमा सोमबार भरतपुर महानगरपालिका–१३, चम्पानगरबाट पक्राउ गरेको हो । गोम्बेलाई सीआईबील मंगलबार नै महानगरीय प्रहरी परिसर, टेकुमा बुझाएको छ । गोम्बे पक्राउ गरेपछि विज्ञप्ति जारी गर्दै सीआईबीले ४ पुस ०७३ मा रुपन्देहीको देवदहमा गोली हानी हत्या गरिएका दुर्गा तिवारीको घटनामा समेत प्रत्यक्षरुपमा संलग्न भएको जनाएको छ ।

स्रोतका अनुसार २९ चैत्र ०७३ मा गुण्डा नाइके दावा लामामाथि गोली प्रहार गर्ने व्यक्ति समेत उनै हुन् । दावालाई गोली प्रहार गरिएलगत्तै तत्कालीन महानगरीय प्रहरी परिसरका एसएसपी छविलाल जोशीलाई टेलिफोन गर्दै एक व्यक्तिले ‘मैले नै गोली हानेको हुँ’ भनेका थिए । त्यसवेला जोशीलाई फोन गर्ने गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्न्यात समूहका लोप्साङ लामा भएको प्रहरीको भनाई छ । जो गौचन हत्याकाण्डमा समेत संलग्न छन् ।

बाराको गढीमाई नगरपालिका–१, पथलैया घर भएका ३२ वर्षीय गोम्बे इलामको कालीध्वज गणबाट भागेका भगौडा आर्मी हुन् । आइतबार रुपन्देहीका व्यवसायी बलु पौडेलको हत्यामा संलग्न हतियार व्यवस्थापक दुईजनालाई प्रहरीले पक्राउ गर्‍यो । उनीहरुलाई समेत प्रहरीले गोम्बेलाई खोजीको आधार बनाएको थियो ।

सोही क्रममा सीआईबीले गोम्बे चितवनमा बसेको सुरारी पायो । र, गोम्बेलाई पक्राउ गर्न सीआईबीले टोली परिचालन गर्‍यो । सोही क्रममा उनी सोमबार भरतपुर–१३, चम्पानगरस्थित डेरामा बसिरहेको कोठाबाट गोम्बे पक्राउ परे ।

Comments

Top