यस्ता छन् कांग्रेसका राष्ट्रियसभाका उम्मेदवार

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको ५६ सिटको लागि आज उम्मेदवारी दर्ता हुँदैछ । २४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातवटै प्रदेशका उच्च अदालत रहेका स्थानमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

उच्च अदालत रहेका स्थानहरु विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
उम्मेदवारी दर्ता गर्दा उम्मेदवारले १० हजार रुपैयाँ धरौटी बुझाउनु पर्दछ भने मतदाता सूचीमा नामावली भएको हुनुपर्नेछ ।

प्रदेशसभाका ५ सय ५० जना सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष १ हजार पाँच सय ६ जना गरी कुल २ हजार ५६ जना उम्मेदवारले ५६ जना राष्ट्रियसभा सदस्य चुन्नेछन् । ५९ सदस्यीय राष्ट्रिय सभामा हरेक प्रदेशबाट ८–८ जनाको दरले ५६ जना चुनावबाट निर्वाचित हुने र तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

हरेक प्रदेशबाट चुनिने ८ जनामध्ये तीन जना महिला, एक जना दलित, एकजना अपांगता वा अल्पसंख्यक र तीन जना अन्य समूहबाट निर्वाचित हुन्छन् । राष्ट्रियसभा निर्वाचनमा एकल संक्रमणीय र बहुमतीय दुबै निर्वाचन प्रणाली अपनाइने निर्वाचन आयोगले जनाएको छ । नेपाली कांग्रेसले प्रदेश नम्बर २ बाहेक अन्य प्रदेशकाे उम्मेदवारीकाे टुंगाे लगाइसकेकाे छ ।

कांग्रेसका उम्मेदवारहरू

प्रदेश १

१. मिन विश्वकर्मा, दलित (झापा)
प्रदेश २
उम्मेदवार तय हुन बाँकी
प्रदेश ३
१. हरिशरण नेपाली, दलित (काठमाडौं)
२. मदनकृष्ण श्रेष्ठ, अल्पसंख्यक(अपांगता (भक्तपुर)
प्रदेश ४
१. सुरेन्द्रराज पाण्डे, खुला (गोरखा)
२. वृन्दा रानामगर, महिला (कास्की)
३. जितबहादुर नेपाली, दलित (पर्वत)
४. प्रकाश पन्त, अपांगतारअल्पसंख्यक (तनहुँ)
प्रदेश ५

१. दुर्गाप्रसाद उपाध्याय, खुला (रुपन्देही)
२. अनिता देवकोटा, महिला (दाङ)
३. मैकुलाल वाल्मीकि, दलित (बाँके)
४. लुटबहादुर खत्री, अपांगता(अल्पसंख्यक (बाँके)
प्रदेश ६
१. विष्णुबहादुर शाही, खुला (कालिकोट)
२. सूर्यदेवी मल्ल, महिला (जुम्ला)
३. मित्रलाल सार्की, दलित (सल्यान)
४. गोपालप्रसाद शर्मा, अपांगता(अल्पसंख्यक (रुकुम)
प्रदेश ७
१. बद्री पाण्डे, खुला (बाजुरा)
२. तारादेवी भट्ट, महिला (कञ्चनपुर)
३. शेरीराम पार्की, दलित (बैतडी)
४. छत्रराज जोशी, अपांगता(अल्पसंख्यक (कैलाली)

Comments

Top