जेलबाट भागेका खुंखार डाँका टीकाबहादुर थापामाथि चितवनमा प्रहरीले गोली चलायो

Tika-Thapa-Magar

चितवन । डिल्लीबजार कारागारबाट भागेका कैदी टीकाबहादुर थापा मगरमाथि प्रहरीले गोली प्रहार गरेको छ । शनिबार चितवनको रामनगरमा पक्राउ गर्न गएको अपराध महाशाखाको प्रहरी टोलीलाई खुंखार डाँका टीकाबहादुर थापाले आक्रमण गर्न खोजेपछी जवाफी फायरमा उनीमाथि प्रहरीले गोली चलाएको हो । साँझ गोली लागेर गम्भिर घाइते भएका टिकेको भरतपुर अस्पतालमा उपचार भैरहेको थियो  । उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

 दर्जनौं चोरी तथा डकैतीमा संलग्न भएका उनी २ वर्षअघि सर्बेन्द्र खनाल महाशाखामा छंदा पक्राउ परेका थिए । रामेछापको दोराम्ब घर भएका टिका गत माघ ४ गते राती उनी डिल्लिबजारबाट भागेका थिए। मगर उनै व्यक्ती हुन, जो श्रृंखलाबद्ध रुपमा डकैती र चोरीमा कहलिंदै आएका थिए । उनले दुई बर्ष अघी एनआइसी बैंकबाट रकम निकालेर जाने क्रममा मन्दिरा अधिकारीको ६ लाख रुपैयाँ लुटेका थिए । पछिल्लो ३ वर्षको अन्तरमा उनले १५ पटक चोरी तथा डकैती गरेका थिए । २०६४ सालदेखि अहिलसम्म उनी ५ पटक जेल परेका छुटेका छन् । २०६४ साल भदौं १ गते डाँका मुद्दामा उनी पक्राउ परे । त्यसपछि छुटेर फेरि उनी २०६५ साल जेठ ५ गते चोरी मुद्दामा जेल गए । २०६८ साल असार २४ गते मोटरसाइकल चोरीमा जेल परेपछि ६८ साल फागुन ५ गते जेलबाट छुटेका थिए। उनी फेरि २०६९ साल साउज ३ गते चोरी मुद्दामा पक्राउ परे । जेलबाट छुटेर फेरि उनी २०७२ साल असार ७ गते चोरी तथा डाँका मुद्दामा फत्राउ परि २६ लाख धरौटी बुझाएर छुटेका थिए ।

Comments

Top