५० किलो चरेससहित २ जना पक्राउ

काठमाडौं । प्रहरीले रोल्पाको घर्तीगाउँबाट ५० किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ । प्रदेश ५ को विषेश ब्युरोको टोलीले आइतबार बिहानपख स्थानीयबासीले दिएको सुराकीको आधारमा साढे २ बजेतिर ५० किलो चरेससहित थवाङ ३ बस्ने वर्ष २२ का प्रश्न बुढामगर र शेरबहादुर बुढामगरलाई पक्राउ गरेको हो ।

प्रदेश ५ मा लागूऔषध कारोबारविरुद्ध अभियान ‘सीडा’ (क्लिन्जिङ, इलिगल, ड्रग्स, एब्यूजर) अभियान सञ्चालन गरेको प्रहरीले मोलमोलाई भइरहेको बेला नियन्त्रणमा लिएको हो । प्रतिकिलो ४० हजार रुपैयाँमा चरेसको मोलमोलाई भइरहेको बेला प्रहरी पुगेको थियो ।

पक्राउ परेकाहरुले गाँउमा चरेस संकलन गर्ने र भारतीय बजारमा लगेर बेच्ने गर्दै आएका थिए । उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा बुझाएको व्यूरोले जनाएको छ ।

Comments

Top