ट्राफिक नियम पालना गराउन सर्वेन्द्र खनालले सुरु गरे जनचेतना कार्यक्रम

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडकमा सभ्यता सिकाउन र ट्राफिक नियम पालना गराउन प्रोत्साहित गर्ने उदेश्यले ट्राफिक जनचेतना कार्यक्रम सुरु गरेको छ ।

 ट्राफिक महाशाखाका प्रमुख डिआईजी सर्वेन्द्र खनालले  आईतवार एनएसी, गौशला,चाबहील, कोटेश्वर, बानेश्वर, रत्नपार्कलगायतका क्षेत्रमा पुगेर एक हप्ते ट्राफिक जनचेतना कार्यक्रमको सुरु गरेका छन् ।

 राजधानीका अधिकांश स्टेशनमा लाइन बसेर सार्वजनिक सवारी चढ्ने परिपाटी विकास गर्न ट्राफिक महाशाखाले यो कामको सुरुवात गरेको डिआईजी सर्वेन्द्र खनालले वताए ।कार्यालय समयमा यात्रु धेरै हुने तथा सवारी साधन थोरै हुने भएकाले गाडिमा हुने असहजलाई मध्यनजर गरी   पहिला आउनेलाई पहिला सवारी चढ्ने गरी ट्राफिक प्रहरीले सिष्टम बसाल्न लागेको हो ।

  महिला र पुरुषको छुट्टै लाइन र बृद्धबृद्धाहरुलाई सुरुमा गाडि चढाउने सिष्टम बसाल्न लागिएको डिआईजी खनालले बताए । आईतवारबाट सुरु गरिएको जनचेतना कार्यक्रममा जनचेतना कार्यक्रम अधिकांश स्टेशनहरुमा लाइनमा बसाएर सार्वजनिक सवारी चढ्न बानी बसालिएको थियो ।

 कार्यालय समयमा लाइन बसाल्ने सिष्टम सुरु गर्न महाशाखाले ट्राफिक प्रहरीलाई निर्देसन दिएको छ । बिद्यार्थी तथा स्काउटसँग मिलेर महाशाखाले ट्राफिक जनचेतना अभियान अघि बढाएको हो ।

Comments

Top