logo

नाइट क्लवमा हमलाहुँदा १४ को मृत्यु

काठमाडौं । उत्तरपूर्वी ब्राजिलमा बन्दुकधारीले एक नाइट क्लबमा हमला गर्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।तीनवटा कारमा चढेर आएका आक्रमणकारीले फोरटालेजा नजिकको फोर्रो डो नाइटक्लबलाई निशाना बनाएका थिए ।

मृत्यु हुनेहरुमा नाबालिगसमेत छन् । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार आक्रमणकारी लागूऔषध तस्करी समूहसँग सम्वन्धित छन् ।
गत वर्ष सीएरा प्रान्तमा ५ हजार ११४ जनाको हत्या भएको थियो जुन २०१६ को तुलनामा ५० प्रतिशत बढी हो । एजेन्सी

Comments

Top