logo

अझै बोलाउन सकेनन् १ र ६ नम्वर प्रदेशले अधिवेशन

काठमाडौं । मुलुक संघीय संरचनामा गइसकेपछि पहिलोपटक गठन भएका सातैवटा प्रदेशले प्रदेशसभाका अधिवेशनको तयारी गरिरहेका छन् । निर्वाचन परिणाम प्राप्त भएको २० दिनभित्र अनिवार्य रुपमा अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण सातमध्ये पाँच प्रदेशले अधिवेशन आह्वान गरिसकेका छन् भने दुई वटा प्रदेशको अधिवेशन बारे भने अझै अन्यौल नै छ ।

प्रदेश नम्बर १ र ६ को अधिवेशन अझै डाकिएको छैन। संवैधानिक प्रावधान अनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान र गर्नेछन्।

प्रदेशसभाको निर्वाचन परिणाम प्राप्त भएको मितिले ३० दिनभित्र सरकार गठन हुनुपर्नेछ । यसकारण फागुन ५ भित्र सरकार गठन गरिसक्ने गरी अधिवेशन आह्वान गरिएका छन् । तर, दुई वटा प्रदेशले अझै अधिवेशन आह्वान गर्न प्रदेशको नयाँ सरकार गठनको बाटो खुल्न सकेको छैन ।

प्रदेश २ को अधिवेशन माघ २१ गते आह्वान गरिएको छ भने प्रदेश ३ मा माघ १८ गते, प्रदेश ४ मा माघ २२ गते, प्रदेश ५ मा माघ २१ गते र प्रदेश ७ मा माघ २१ गतेका लागि अधिवेशन आह्वान गरिएको छ ।

Comments

Top