चर्चित गुण्डा नाइके दीपक मनाङेबिरुद्द प्रहरीको सर्च अभियान, कहाँ लुकेका छन् मनाङे?

manange_1

काठमाडौं। चर्चित गुण्डा नाइके तथा प्रदेश ४ को मनाङबाट प्रदेशसभा निर्वाचित स्वतन्त्र सांसद् राजीव गुरुङ उर्फ दीपक मनाङेबिरुद्द प्रहरीले सर्च अभियान शुरु गरेको छ । सपथ ग्रहण समारोहमा समेत नगएका मनाङे अदालतबाट दोषी ठहरिए पनि कैद भुक्तान नगरेको खुलेपछी उनी प्रहरी र अदालतको तारो बनेका थिए ।

 चुनाव जितेपछि अयोग्य ठहरिएका मनाङेलाई महानगरीय प्रहरी परिसर काठमाडौं,महानगरीय प्रहरी कार्यालय रानीपोखरी र केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)को टोलीले खोजी गरिरहेको एआईजी जयवहादुर चन्दले वताए । मनाङे संविधानको धारा १७८ अनुसार नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी ठहर भएका हुन ।

 कर्तव्य ज्यान मुद्दामा २०६९ सालमा पुनरावेदन अदालत पाटनले दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाएकोमा उनले भुक्तानी गरेका छैनन् । चुनाब जितेपछि गुण्डा नाइके मनाङेले प्रहरी कर्मचारीले घुस नखाइकन ५० औ लाख खर्चेर छोराछोरीलाई डाक्टर,इन्जिनियर पढाउन नसक्ने र त्यस्ता प्रहरीले आफुबिरुद्द बद्ननाम गरिरहेको विवादास्पद अभिव्यक्ति दिएका थिए।   

Comments

Top