logo

अचानक उडान रद्द गर्ने बुद्द एयरको मनपरी, बिरोध बढेपछि निकालियो विज्ञप्ति

buddaair]

 काठमाडौं। एक त निर्धारित समयमा उडान नहुने र अर्कोतिर लामो समयसम्म पर्खाएर यात्रुहरुलाई अचानक आज उडान रद्द भयो भन्दै मनपरी गर्ने बुद्द एयरको बिरोध शुरु भएको छ । पछिल्लो समयमा बुद्द एयरको मनपरीले सिमा नै नाघ्न थालेपछि जनस्तरबाट समेत बिरोध भएको हो ।

 सोमबार विराटनगर विमानस्थलमा २००० मिटरको मात्र भिजिबिलिटी भएको कारण देखाउँदै बुध्द एयरले निर्धारित काठमाडौं–विराटनगर–काठमाण्डौका सबै उडानहरु रद्द गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । तर, काठमाडौंबाट पोखराको उडान भने बिना जानकारी रद्द गरिएको थियो ।

 भैरहवा विमानस्थल हुस्सुको कारणले बन्द थियो भने नेपालगन्ज दिउँसो ३ बजेबाट रनवे मर्मत सम्भारका कारण सञ्चालनमा आएको थिएन । विज्ञप्तिमा बुध्द एयरले यात्रु सुरक्षा बाहेक अन्य कुनै पनि कारणले उडान नरोकेको जनाएको छ ।

 बुद्ध एयरले जाडो मौसममा बाक्लो हुस्सु र खराव मौसमले उडान रोकेको जनाएपनि हरेक उडानहरु उसले निकालेको विज्ञप्ति जस्तो नभएको बुझिएको छ। जहाज उडानका लागि यथेष्ट भिजिविलिटी नहुँदा उडानहरु विलम्वका साथै रद्द हुनु पनि स्वभाविक नै हो ।

 यसबाट यात्रुलाई असहज हुनुको साथै जहाज कम्पनीहरुलाई पनि यथेष्ठ आर्थिक भार पर्न जाने बताइएको छ । तर, त्यसैलाई मात्र आधार बनाएर यात्रुहरुलाई अन्योल बनाइ अन्तिममा उडान रद्द गर्नु मनपरी सिवाय केही हुन सक्दैन । अहिले दिनहुँजसो बुद्द एयरका कुनै न कुनै ठाउँका उडान बिनाकारण रद्द हुने गरेको र यात्रुहरुले बिरोध जनाएपछि मात्र निकालेर खन्डन गरिएको छ ।

Comments

Top