भुटानको थिम्पुमा एआईपीको शाखा

aipbhutan

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको एब्रोड इन्टरनेशनल प्वाइन्ट(एआईपी) ले भुटानको थिम्पुमा पनि शाखा विस्तार गरेको छ । शैक्षिक परामर्श तथा भाषा कक्षाहरु सञ्चालन गर्दै आइरहेको एआईपीले अष्ट्रेलिया, अमेरिका, भारतलगायतका देशहरुमा विद्यार्थीलाई उच्च शिक्षाका लागि पठाउँदै  आएको छ ।

 सन् २०१२ मा स्थापना भएको एआईपीले छोटो समयमा नै विदेशमा समेत शाखा विस्तार गरेको एआईपीका कार्यकारी निर्देशक सुजन थापाले बताए ।
एआईपीले उचित हाइटेक प्रयोगशालासहित आइइएलटिएस र टोफलको तयारी कक्षा सञ्चालन गर्दै आएको छ । एआईपीले गुणस्तरीय शैक्षिक परामर्शका साथसाथै विद्यार्थीको भविश्यलाई मध्यनजर गर्दै विभिन्न खालका प्रोग्रामहरु उपलब्ध गराउ“दै आएको छ । ‘हामीले विल्कुलै ‘स्टुडेन्ट भिसा’ को मात्र काम गरिरहेका छैनौ, विद्यार्थीको चाहना के हो भन्ने बुझ्छौ र सोही अनुसार नै अगाडि बढ्छौं ।’ एआईपीका कार्यकारी निर्देशक थापाले बताए ।
एआईपीले अष्ट्रेलिया, अमेरिका र भारतका विभिन्न विश्वविद्यालय तथा कलेहरुसँग  सहकार्य गरी नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि उचित गन्तव्यमा पु-याउँदै आएको छ । एआईपी भारतको चण्डीगढ विश्वविद्यालयको नेपालस्थित आधिकारीक कन्सलटेन्सी पनि हो । एआईपीले निकट भविश्यमा दक्षिण एशियाका अन्य मुलुकहरुमा पनि शाखा विस्तार गर्ने योजना बनाएको थापा बताउँछन् ।

Comments

Top