एमालेसँग मिलेर काम गर्न मधेसकेन्द्रित दललाई सुष्मा स्वराजको सुझाव

kpandsoraj

काठमाडौं ।  भारतीय विदेशमन्त्री सुष्मा स्वराजले वाम विजयका लागि बधाई दिँदै आगामी सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर बिहीबार काठमाडौं ओर्लेकी उनले एमाले अध्यक्ष केपी ओलीलाई भेट्दै यस्तो बताएकी हुन् । ओलीसँग साँझ झन्डै एक घण्टाको एक्लाएक्लै भेटका क्रममा सहकार्य प्रस्ताव गरेकी उनले लगत्तै एमाले नेताहरूसँगको डिनरमा उही आग्रह दोहोर्‍याइन।

‘नेपालमा संविधान निर्माणपछि सम्पन्न तीनवटा निर्वाचन परिणामले एमालेसहितको गठबन्धनलाई बहुमत दिएका छन्,’ दुईदिने नेपाल भ्रमणमा आएकी विदेशमन्त्री स्वराजलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपार्इंहरुलाई हाम्रो बधाई छ । अब बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न भारत सरकार तयार छ ।’ एमाले सचिव प्रदिप ज्ञवालीले रात्रि भोजसहितको भेटमा स्वराजलाई उद्धृत गर्दै भने, ‘म एउटा निश्चित एजेन्डा लिएर आएकी होइन, संविधान जारी भएपछि शान्तिपूर्ण रुपमा सम्पन्न निर्वाचन भएको खुशीयाली तपाईहरूसँग आदान प्रदान गर्न यहाँ आएकी हुँ ।’एमालेले पाएको बहुमतले नेपालमा स्थायी सरकार गठन हुनेमा उनले खुशी व्यक्त गर्दै दुई देसबीचको सम्बन्ध सुधारका लागि भारत तयार रहेको भन्दै अब मिलेर जानुपर्ने बताइन् ।

 स्वराजले संविधान कार्यान्वयनको खुसियाली साट्दै गर्दासम्म भारतले हालसम्म संविधानको औपचारिक स्वागत भने गरेको छैन । एमाले अध्यक्ष ओलीले आफूहरू भारतसँग सुदृढ सम्बन्धका पक्षमा रहेको जवाफ दिए । उनले अब बन्ने सरकारले भर्खरैको चुनावी नतीजासँग कसैले पनि सशंकित हुन नहुने बताउँदै दुई देशबीचका साझा एजेन्डामा भारतसँग सहकार्य गर्न आफू इच्छुक रहेको बताए ।

‘नेपाल भारतसँगको सम्बन्ध सुदृढ बनाउन चाहन्छ । एमालेले सरकारको नेतृत्व लिएपछि सोही अनुसारको सम्बन्ध बिस्तार गर्छ,’ ओलीको भनाई उद्धृत गर्दै एमाले नेता सुवास नेम्वाङले भने, ‘त्यसमा सशंकित नहुनुहोस् ।’ ओलीले विकास पूर्वाधार, पर्यटन आदिमा दुईपक्षीय सहकार्य गर्न सकिने सन्देश दिएका थिए । स्वराजसँगको संयुक्त भेटमा पार्टी अध्यक्ष ओलीसहित नेम्वाङ, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव ज्ञवाली, नेताहरू राजन भट्टराई, विष्णु रिमाल, राजेश बज्राचार्य तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा.युवराज खतिवडा सहभागी थिए ।

स्वराजको सम्मानमा आयोजित रात्रीभोजमा एमालेका नौजना र स्वराज भ्रमण दलका १० सदस्य मात्र उपस्थित थिए । ओलीलाई मोदीको निम्तो वाम गठबन्धनले चुनावमा बहुमत पाए लगत्तै ओलीलाई भारतका प्रधानमन्त्री मोदीले भारत भ्रमणको निम्ता दिएका छन् । मोदीको तर्फबाट स्वराजले ओलीलाई यस्तो निम्ता दिएको ज्ञवालीले जानकारी दिए । बक्स ‘ओलीसँग सम्बन्ध सुधार्नुस्’ राजपा नेताहरुलाई भेट्दै स्वराजले ओलीसँगको सम्बन्ध सुधार्न सुझाव दिइन् । आफूलाई भेट गर्न सोल्टी होटल आएका मधेसकेन्द्रित दलका नेतालाई स्वराजले यस्तो सुझाव दिएकी हुन् । अन्नपूर्णमा खबर छ

Comments

Top