logo

पसिनाको ट्रेलर रिलिज

काठमाडौं । आरबी खत्रीको चलचित्र पसिनाको ट्रेलर रिलिज भएको छ । यो चलचित्र आउँदो बर्षको वैशाख १४ गतेबाट रिलिज हुने बताइएको छ । ‘गरौं सत्कर्म बगाउ पसिना’ भन्ने नारा चलचित्रले बोकेको छ । यो चलचित्रको निर्देशक आरबी खत्री ‘शरद’ हुन् ।

यो चलचित्रले महिला श्रमिकहरुको पीडालाई उठान गरेको छ । शान्ता ढकाल र संजय महत्तोले यो चलचित्रमा लगानी गरेका छन् । नन स्टप क्रियशनको ब्यानरमा यो चलचित्र निर्माण भएको हो । चलचित्रका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन् । चलचित्रमा गौरव पहारि, अनु शाह, सरोज खनाल, रवि गिरी, ध्रुव कोइराला, सरोज अर्याल, श्रृजना अधिकारी लगायतका कलाकारको मुख्य भूमिका छ ।

Comments

Top