logo

पूर्व राष्ट्रपतिका छोराले गरे आत्महत्या

काठमाडौं । क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले आत्महत्या गरेका छन् । क्यास्ट्रोका जेठा छोरा फिडेल एन्जल क्यास्ट्रोले बिहीबार बिहान आत्महत्या गरेको क्युवाको सरकारी पत्रिका ग्रान्माले पुष्टि गरेको छ ।

६८ वर्षका उनले हवानास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन् । केही महिनादेखि एन्जल फिडेल डिप्रेसनको शिकार बन्दै आएका थिए । डिप्रेसनपछि उनलाई केही समय अस्पतालमा राखेर उपचार गरिएको थियो । पछिल्लो समय चिकित्सकहरुको समूहले उनको घरमा उपचार गर्दै आएको थियो ।

चिकित्सकको निगरानीमै रहेका बेला उनले बिहीबार आत्महत्या गरेका हुन् । उनी फिडेलीटोको नामबाट चर्चित थिए । उनका पिता फिडेल क्यास्ट्रो क्युबाली क्रान्तिको नायकका रुपमा चिनिन्छन् । जसको निधन २०१६ नोभेम्बरमा भएको थियो । – एजेन्सी

Comments

Top