logo

राष्ट्रपति भण्डारीसँग विदेशमन्त्री स्वराजको भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको मछ । स्वराजले राष्ट्रपति कार्यालय, शीतल निवासमा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेकी हुन् । त्यस अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा राष्ट्रपतिको कार्यालयका परराष्ट्र मामिलाविज्ञ डा. मदनकुमार भट्टराई, राष्ट्रपतिको कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीका साथै मन्त्री स्वराजको भ्रमण दलका सदस्यहरुको उपस्थिति थियो । उनले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्डका साथै राजपा र फोरम नेताहरुलाई भेटेकी छन् ।

Comments

Top