बेलायती सेनाको लेफ्टिनेन्ट कर्णेल बने स्याङ्जाका खाम्चा

काठमाडौं । बेलायती सेनामा कार्यरत एक नेपाली उच्च अधिकृतमा पदोन्नति भएका छन् । स्याङ्जा शीरकोटका टोल खाम्चा मगर बेलायती सेनाको उच्च छैटौं वरीयताको लेफ्टिनेन्ट कर्णेल बन्न सफल भएका हुन् । ५० वर्षीय खाम्चा स्याङ्जा शीरकोट, करादीमा जन्मिएका हुन् ।

खाम्चा बेलायती सेनाको छैटौं वरीयतामा पुग्ने चौथो नेपाली हुन् । यसअघि लालबहादुर पुन, विजय राजत र यामबहादुर रानाले पनि यो पदमा पुग्ने अवसर पाएका थिए । यद्यपि, उनीहरु सबै अहिले सेवा निवृत्त भइसकेका छन् । ३० वर्षअघि बेलायती सेनामा भर्ना भएका खाम्चाले बेलायती सेनाको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका व्यक्ति हुन् ।

Comments

Top