logo

६ महिनामा बैंकिङ क्षेत्रको लगानी १९ खर्ब नाघ्यो, एनआईसीको लगानी १ खर्ब

nicasia

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकिङ क्षेत्रको लगानी करिब २१ प्रतिशत बढेर १९ खर्ब ११ अर्ब ८५ लाख रुपैयाँ पुगेको छ। बैंकहरूले पुँजी वृद्धि योजनासहित आक्रमक रूपमा लगानी बढाएका छन्।गत वर्ष पुसदेखि यो पुससम्मको एक वर्षमा भने बैंकहरूले तीन खर्ब २९ अर्ब ८३ करोड लगानी बढाएका छन्।

 गत आवको यो अवधिमा बढेको लगानी मर्जरका कारण र चालू आवको लगानी व्यवसाय वृद्धिका कारण भएको बैंकर्सको भनाइ छ। गत वर्ष पुससम्म वाणिज्य बैंकहरूले विभिन्न क्षेत्रमा गरी १५ खर्ब ८२ अर्ब चार करोड रुपैयाँ लगानी गरेका थिए। गत वर्षको अन्त्य अर्थात् असार मसान्तसम्म बैंकले १७ खर्ब २३ अर्ब ४२ करोड लगानी गरेका थिए। हाल भएको लगानी असार मसान्तको तुलनामा एक खर्ब ८८ अर्ब ४५ करोड बढी हो। बैंकको लगानी ठूलो मात्रामा बढे पनि निक्षेप संकलन १६ प्रतिशत मात्र वृद्धि हुन सकेको छ।

 गत वर्षको पुससम्म बैंकले १९ खर्ब १३ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए। यो पुसमा बैंकको निक्षेप संकलन लगानीको अनुपातमा न्यून भई २२ खर्ब १४ अर्ब ५१ करोड पुगेको छ। निक्षेप संकलनको तुलनामा लगानीमा वृद्धि हुँदा अहिले बैंक लगानीयोग्य पुँजीको अभावमा छट्पटाइ रहेका छन्। बैंकहरूको चालू आवको पुससम्मको वित्तीय विवरणअनुसार २८ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी लगानी नेपाल इन्भेस्टमेन्ट बैंकले गरेको छ। यो बैंकले एक वर्षको अवधिमा करिब साढे १७ प्रतिशतले लगानी बढाएको छ। हालसम्म यो बैंकले एक खर्ब १३ अर्ब ६७ करोड लगानी गरेको छ। गत वर्षको पुससम्म यो बैंकको लगानी ९६ अर्बमात्र थियो। बढी लगानी गर्ने बैंकको दोस्रो स्थानमा राष्ट्रिय वाणिज्य बैंकको छ।

 बैंकले यस अवधिसम्म १७।८४ प्रतिशतले लगानी वृद्धि गरेर एक खर्ब १० अर्ब ६५ करोड पुर्‍याएको छ। गत आवको यही अवधिसम्म बैंकको लगानी ९३ अर्ब ९० करोड ६० लाख थियो। एनआईसी एसियाले गत वर्षको तुलनामा करिब ५४ प्रतिशतले लगानी बढाएर एक खर्ब दुई अर्ब २० करोड पुगेको छ।

 अंकका हिसाबले धेरै लगानी गर्नेको सूचीमा २३ नम्बरमा रहे पनि प्रतिशतका हिसाबले लगानी बढाउने बैंकको पहिलो सूचीमा जनता बैंक सूचीकृत भएको छ। बैंकले यस अवधिमा ४८ अर्ब ६९ करोड १७ लाख लगानी गरेर छ। बैंकले एक वर्षको अवधिमा करिब एक सय १२ प्रतिशत लगानी बढाएको छ।  राष्ट्र बैंकले सबै वाणिज्य बैंकको चुक्ता पुँजी चालू आवदेखि नै आठ अर्ब पुर्‍याउनु पर्ने व्यवस्था गरे पनि पुँजीअनुसार लगानी गर्न सिभिल बैंक असमर्थ भएको छ।

 बैंकले गत वर्ष २९ अर्ब लगानी गरे पनि चालू आवको यस अवधिसम्म सबैभन्दा कम लगानी वृद्धि गरेर ३३ अर्ब ५५ प्रतिशत पुर्‍याएको छ। मेगा बैंकले पनि चालू आवको यस अवधिसम्म ४० अर्ब ७६ करोड लगानी गरेको छ। नेपाल बंगलादेश बैंकले पनि लगानीमा खासै वृद्धि गर्न सकेको छैन। बैंकले समीक्षा अवधिमा साढे १३ प्रतिशतले लगानी बढाएर ४१ अर्ब पुर्‍याएको छ।

 सबैभन्दा बढी निक्षेप संकलन गर्ने बैंकमा राष्ट्रिय वाणिज्य बैंक परेको छ। वाणिज्य बैंकले चालू आवको पुससम्म एक खर्ब ४९ अर्ब निक्षेप संकलन गरेको छ। बैंकको निक्षेप संकलन अन्य वाणिज्य बैंकको भन्दा बढी भए पनि चालू आवको साउनदेखि असारसम्मको अवधिमा भने निक्षेप संकलन चार अर्ब ४७ करोड घटेको छ। सरकारी बैंक भएकाले समयअनुसार निक्षेप संकलनका लागि योजना ल्याउन नसक्दा असर देखिएको हो। निक्षेप संकलनको दोस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट बैंक छ। बैंकले यस अवधिमा एक खर्ब २९ अर्ब ८४ करोड निक्षेप संकलन गरेको छ। अन्नपूर्णमा खबर छ 

Comments

Top